नेपाली माटोका दूई बोधिसत्वहरु

0
306
Swami Anand Arun at Osho Upaban Spiritual Village

 

 

भारतको उत्तराखण्डको गढ्वाल हिमालय क्षेत्र देवभूभि भनेर प्रसिद्ध छ किनकी त्यस क्षेत्रमा हिन्दूहरुले अत्यन्त पबित्र मानेका गंगा नदि अवस्थित छिन र सो आसपासको हिमालय क्षेत्र हिन्दूहरुका आराध्यहरु भगवान शिव,बिष्णुआदिको क्रिडास्थली मानिन्छ । प्रसिद्ध सन्तहरु जस्तै आदि शंकराचार्य,रामतिर्थ तथा हजारौं सन्तहरुले साधना गरेको र साहि क्षेत्रमै देह त्याग गरेकोले उत्तराखंड अलौकिक आध्यात्मिक उर्जाले आपूरित छ । त्यस्तै भारतका अन्य क्षेत्रहरुमा समेत ओशो, कवीर, रामकृष्ण, नानक, मीरा, फरिद, स्वामी बिवेकानन्द, स्वामी योगानन्द आदि सम्बुद्ध ब्यक्तिहरुले जन्म लिएको पाईन्छ जस्ले गर्दा भारत आध्यात्मिक रुपमा एक सनातन तीर्थ क्षेत्र रहिआएको छ । ।
त्यसो त, नेपाली हिमालयको काख पनि अनादिकाल देखि उच्चतर साधकहरुको जन्म तथा कर्मभूमि रहिआएको छ । धेरै सम्बुद्ध र बोधिसत्व चेतनाहरु जस्तै भगवान शिव, कनकमुनी बुद्ध,मन्जुश्री ईत्यादि सम्बुद्ध चेतनाहरुले समेत यस भूमिमा निबास गरेका उदा्हरण पाईन्छन् । यस आलेखमा नेपाली माटोमा जन्मेका यस्तै दूई महान चेतनाहरु जसले नेपालको आध्यात्मिक परिदृष्यलाई धेरै हदसम्म आन्दोलित पारेका छन, वहाँहरुको बारेमा म केहि बिन्ति गर्न चाहन्छु ।
करीव पच्चीस सय बर्ष अगाडी, लुम्बीनीको बनमा जन्मनु भएका कपिलबस्तु राज्यका राजकुमार सिद्धार्थ भौतिक जीवनको दुखानुभूति पश्चात राजपाठ छाडेर त्यस आन्तरीक जीवनको खोजमा निस्कनु भयो जुन पाए पछि दुख निरोध हुन्छ । कठोर साधना पश्चात सम्बुद्ध हुनुभयो र बोधिसत्व भगवान बुद्ध भनी प्रसिद्ध बन्नुभयो । आजका युगका सम्बुद्ध रहस्यदर्शी सदगुरु ओशो भन्नुहुन्छ “जुन ब्यक्तिले पनि आफूलाई चिन्दछ अथवा स्वयंको अन्तर सात्क्षात्कार गर्दछ उसलाई बुद्ध भनिन्छ ” । ओशोले थप भन्नुहुन्छ “बुद्ध त धेरै हुन्छन तर आफू भित्रको महान करुणाले मात्र सम्बुद्ध ब्यक्ति बोधिसत्व बन्दछ र अन्धकारमा भडकिई रहेका आत्माहरुको मुक्तिको माध्यम बन्दछ ” । बुद्धले अन्तर शान्तिको मार्ग ध्यान नै हो भनि आफ्नो जीवनको अन्त्य सम्म सबैलाई ध्यान गर्न प्रेरणा दिईरहनु भयो । बुद्धको जीवनकालमा लुम्बीनी, कपिलबस्तु तथा यो हिमाली राज्य क्षेत्र पुरै साधनास्थली बनीसकेको थियो भने बुद्धकै कारण हजारौंले जीवनको अन्धकारबाट मुक्तिको उपाय पाए । बुद्धले शरीर छोडे पछि चाहिं जन्मभूमि नेपालबाटै उहॉको शिक्षण हरायो तर बुद्धप्रति श्रद्धाले भरिएका अन्य देशमा भने वहॉको सन्देश बचिरह्यो । जव कोरीयाका बुद्धमार्गी उथाँन्त राष्ट्रसंघको महासचिव भए पछि लुम्बीनी भ्रमणमा आउनु भयो, त्यहाँको दूर्दशा देखि रुनु भयो र बुद्ध र लुम्बीनीलाई संसारभर चिनाउन सहयोग गर्नुभयो । उथाँन्तकै समयमा भगवान बुद्धलाई LIGHT OF ASIA भनेर घोषणा गरियो ।
अहिले, संसारका धेरै देशले बोधिसत्व भगवान बुद्धलाई र बुद्ध धर्मलाई राष्ट्रिय सम्मान दिएका छन । बुद्धकै नाममा हाम्रो देशमा पनि VISIT LUMBINI YEAR 2012 भर्खरै सिद्धिएको छ । सात लाख अन्ठाउन्न हजार दूई सय उनान्सत्तरी पर्यटकहरु लुम्बीनी आएको तथ्यांक लुम्बीनी बिकाश बोर्डले सार्बजनिक गरेको छ । ती पर्यटकले हाम्रो अर्थतन्त्रलाई समेत टेवा पु¥याए पनि होलान्, तर बुद्धको नामले पैसा कमाउन तयार भए पनि बुद्धलाई सानो ईज्जत दिन भनें तयार छैनौं । बुद्ध जस्तै सम्बुद्ध नभए पनि भारतले गान्धि, दक्षिण अफ्रिकाले नेल्सन मण्डेलाको नाम लिई नाक फुलाउ‘छन, आफनो देशको नोटमा तस्वीर राख्छन् । तर नेपालमा सत्ता र अधिकार बोकेर बसेका नेताहरुले कसरी गौतम बुद्धलाई मात्र एउटा जाती तथा सम्प्रदायको सिमित घेरामा राखेर हेर्दा रहेछन् र बुद्धलाई कति सम्मान दिंदा रहेछन, त्यो बुझ्न एउटै उदहारण हेरे पुग्छ । गणतन्त्र आए पछि राजाको तस्बीर छापीने गरेका नोटमा भगवान बुद्धको तस्बीर छाप्न पनि नेपाली नेताहरुले मानेनन् कारण धामिृक सहिष्णुता खल्बलिन्छ रे !!! देशलाई निचोरेर खाने राजाको फोटो छाप्दा केहि फरक नपर्ने तर मानवको रुपान्तरणकोे मार्ग दिनु हुने गौतम बुद्धको फोटो छाप्दा भने खल्बलिने कस्तो अचम्मको धार्मिक सहिष्णुता नेपालको !!!!!!
पच्चिस सय बर्ष पछाडि, केहि बर्षदेखि नेपाल फेरि बिश्वभरीका साधकहरुका लागि ध्यान,योग र आध्यात्मको केन्द्रको रुपमा बिकाश भईरहेको छ भन्ने यथार्थ शायद् धेरै नेपालीजनहरुको बोधमा छैन होला । यो नबिनतम् आध्यात्मिक घट्नाको केन्द्रमा हुनुहुन्छ यस आधुनिक युगका सम्बुद्ध सद्गुरु ओशोका प्रथम नेपाली शिष्य तथा ओशो तपोवन काठमाडौंका आचार्य बोधीसत्व स्वामी आनन्द अरुण ।
आफ्नो आध्यात्मिक मुमुक्षाको कारण अनेकौ गुरुहरुको सम्पर्कमा पुग्नु भएका स्वामी आनन्द अरुण भन्नुहुन्छ ” ओशोलाई भेटनु भन्दा अगाडि म बडो द्धिबिधा र बिषाद्को स्थितिमा थिए‘ । मैले आफ्नो मार्ग बुझिसकेको थिईन । बुद्धको शान्ति र ध्यान,कृष्णको भक्ति र उत्सव, बिवेकानन्दको तेज र सौर्य तथा गान्धीको सत्य र अहिंशा यी चारैको दर्शनको बीच समन्वयको खोजीमा थिएँ । यिनीहरुको जीवनकालमा म किन जन्मिन, यिनको शिष्य किन बन्न पाईन भनेर म रुनें गर्थें । जब ओशोलाई भेटें तव बुद्ध, कृष्ण, बिवेकानन्द तथा गान्धीका सम्मिश्रण वहाँमा देखें, त्यसपछि मलाई आफ्नो गन्तब्य पाए जस्तो लाग्यो । ”
सदगुरु भेटेपछि स्वामी आनन्द अरुणज्यूको आध्यात्मिक यात्राले पखेंटा पायो । आफ्नो साधना संगै अत्यन्त आग्नेय बक्ताको रुपमा चर्चित सदगुरुको सन्देश प्रवाह गर्ने चुनौतीपूर्ण कार्यको जिम्मेवारी समेत पाउनु भयो । शुरुमा असहयोगी पारिवारिक र सामाजिक परिस्थितिमा पनि गुरु निर्देश अनुसार आफ्नै घर ताहाचल काठमांडौमा आषिश ध्यान केन्द्र खोली संचालनमा ल्याउनु भयो । बिहान आफ्नो साधना र दिनभर ईन्जिनियरिङ्गको पेशा पश्चात सॉझ काठमॉडौको न्यूरोड पिपलबोटको फूटपाथमा ओशोका पुस्तकहरु बेच्न थाल्नुभयो । त्यो बेला देखि करिब ४२ वर्ष बितिसकेको छ । स्वामीजीको अगुवाईमा नेपालको काठमांडौमा ओशो तपोवन आश्रम निर्माण भएको २३ बर्ष भईसकेको छ र आज नेपालमा तपोवन जस्तै ६ वटा आश्रमहरु,८० ध्यान केन्द्रहरु ,करिव साठि हजार दिक्षित शिष्य र ओशोका साहित्यहरु नियमित पढ्ने सुन्ने करीव तीन लाख ब्यक्ति नेपालमा छन भन्ने तथ्याङ्क छ । भगवान बुद्धको जन्मस्थान लुम्बीनीमा समेत स्वामीले ओशो जेतवन नामक आश्रम स्थापना गर्नुभएको छ ताकि ओशो तथा बुद्धलाई श्रद्धा गर्ने साधकहरुलाई लुम्बीनीमा ल्याउन सकियोस् ।
ओशो स्वयंले नै स्वामीजीलाई बोधीसत्व उपाधी दिई ओशोको नवसन्यासमा दिक्षा दिन सक्ने अधिकार प्राप्त आचार्य बनाउनु भएको हो । सदगुरुको सन्देश फैलाउन जिम्मेवारी पाउनु भएका स्वामी आनन्द अरुणज्यूको कॉधमा अझै गहन जिम्मेबारी अस्तित्वले तव थपिदियो जव ओशोले ईश्वि सन जनबरी १९,१९९० मा शरीर छोड्नु भयो ।
ओशोले शरीर छोडे पछि बहॉको आध्यात्मिक कार्यमा धेरै समस्याहरु आए । जस्तो कि बुद्धले शरीर छाड्ने बित्तिकै वहा¤को धर्म ३६ मागमा बिभक्त भएको थियो , ओशो मुभमेण्टमा पनि केहि बिग्रह आयो । कसैले आफैलाई सद्गुरु भनि घोषणा गर्न थाले भने कसैले ओशो मुभमेण्ट अव बन्द भयो सम्म भन्न थाले । यस बिषम् परिस्थितिमा स्वामीजी ओशोको कार्यको पुर्नसम्भारमा अहोरात लाग्नु भयो र आफ्नो पुरै समय बिश्व भरीे तनावपूर्ण र दुखित जीवन जिईरहेका ब्यक्तिहरुलाई ओशोले देखाउनु भएको ध्यानपूर्ण, तनावमुक्त जीवन बॉच्ने तरीका सिकाउनमा नै खर्चिरहनु भयो । अहिले पनि, स्वामीजी जीवनको अन्तिम श्वास सम्मपनि आफ्नो गुरुको ध्यान र तथा गौतम बुद्धको शान्तिको सन्देश संसारभर छर्न चाहनुहुन्छ । नेपाल बिदेशमा काम गर्ने भरिया, बेटर पठाउने देशमात्र होईन कि योग ध्यान तथा आध्यात्मिक पर्यटनको लागि महत्वपूर्ण गन्तब्य पनि हो भनेर स्वामीजी बिश्वभर घुमीरहनु भएको छ । त्यस्तै, बिश्वका हजारौं साधकहरुले पनि ओशो तथा स्वामीजी माथि श्रद्धा र बिश्वासको कारणले नेपाललाई समेत अत्यन्त ईज्जत दिन्छन् र नेपालका ओशो आश्रमहरु, लुम्बीनी र अन्य आध्यात्मिक स्थानहरुकोे समेत परिभ्रमण गर्दछन । त्यसले नेपालको पर्यटन ब्यवशायलाई समेत बलियो टेवा पु¥याईरहेको छ । बुद्ध जन्मेको स्थान लुम्बीनी र सद्गुरु ओशोको समाधि अवस्थित रहेको ओशो तपोवनले नेपाली आध्यात्मिक पर्यटनको क्षेत्रमा महत्वपूर्ण स्थान ओगटेका छन् भन्दा फरक नपर्ला ।
त्यसो त, पच्चीस सय बर्ष अगाडि जन्मेका भगवान बुद्धलाई त राम्ररी सम्मान गर्न नजान्ने हामीहरुले अहिले हाम्रै आंखा अगाडी शशरीर रहनुभएका स्वामी आनन्द अरुणले यो देशलाई लगाउनु भएको गुन बुझी सम्मान दिन सकौंला जस्तो मलाई लागेको पनि छैन । तैपनि, मेरो अन्तरहृदय नेपाली माटोका बहॉ दुबै बोधिसत्वहरु प्रति सधै नतमस्तक भईरहन चाहन्छ ।


—स्वामी योगानन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here